अभियान लघुवित्तको आइपीओमा २० लाख ४३ हजारको आवेदन

२२ श्रावण २०७९, आईतवार १८:४६

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्ममा २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले साउन १८ गतेदेखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो मध्ये ५५ अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*