आदर्श लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

२३ श्रावण २०७९, सोमबार ०९:४३

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उछाल आएको छ ।

गत आवको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ८८६.१२ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा लघुवित्तले जम्मा ६ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवत्तको खुद ब्याज आम्दानी र संचालन मुनफा दुबै बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समिक्षाा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४६ प्रतिशतले बढेर १ करोड ७५ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८४१ प्रतिशतले बढेर ९८ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा संस्थाको खुद ब्याज आम्दानी १ करोड ५३ लाख रुपैयाँ र संचालन मुनाफा १० लाख ४८ हजार रुपैयाँ मात्रै रहेको थियो । साथै यस अवधिसम्म लघुवित्तको निष्क्रिय कर्जा समेत घटेर १.०६ प्रतिशतमा कायम भएको छ ।

नाफामा उछाल आएसँगै लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ । यसअवधिसम्म लघुवित्तको चुक्तापुँजी ४७.८५ प्रतिशतले बढेर २ करोड ७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १०३ प्रतिशतले बढेर कोषमा १ करोड २३ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १० करोड ८६ लाख रुपैयाँ सापटी लिई १४ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन तथा २७ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*