सानिमा माई हाइड्रोपावरको यस्तो देखियो चौथौ त्रैमास

२३ श्रावण २०७९, सोमबार ०९:५४

काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्ममा हाइड्रोपावरको नाफा ३२।९८ प्रतिशत ले बढेर ५४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ९।९६५ ले बढेर ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको र यसको फाइनान्सीयल कस्ट घटेकाले नाफा बढ्न सहयोग पुगेको हो ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ ५० पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४७ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९९ पैसा छ । रिटेन अर्निङमा ९१ करोड ७० लाख रुपैयाँ रहेको छ। सानिमा माई हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*