खर्च बढ्दा सबैको लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

२३ श्रावण २०७९, सोमबार १०:३४

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ९७ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा १२.७३ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले ११ करोड ४३ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफाा घट्न पुगेको छ । यसकारण लघुवित्तको नाफामा गिरावट आएको हो ।

समिक्षा अवधिसम्म्म संस्थाको खुद ब्याज आम्दानी भने १९.९१ प्रतिशलते बढेर २८ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११.६५ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा लघुवित्तको यस्तो आम्दानी २३ करोड ७६ लाख रुपैयाँ र संचालन नाफा १५ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिसम्म आइपुग्दा लघुवित्तको कर्मचारी खर्च र अन्य खर्च बढेसँगै नाफामा सुधार नदेखिएको हो । अघिल्लो आवको यस अवधिसम्म १० करोड ३३ लाख रुपैयाँमा सीमित भएको कर्मचारी खर्च यस अवधिसम्म बढेर १५ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने अन्य खर्च पनि बढेर ७ करोड १ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार बढेर कोषमा १५ करोड ७० लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी (इपीएस) ३६ रुपैयाँ ९५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा रहेको छ ।

यस अवधिसम्म लघुवित्तको सापटी २ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ, निक्षेप संकलन १ अर्ब ३१ करोड ४२ लाख र कर्जा परिचालन ४ अर्ब ३६ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*