किसान लघुवित्तको सिइओमा पर्वत कुमार कार्की नियुक्त

२३ श्रावण २०७९, सोमबार १०:४७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पर्वत कुमार कार्की नियुक्त भएका छन् ।

कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको सिइओ पदमा यही साउन २५ गतेदेखि लागू हुनेगरी कार्कीलाई नियुक्त गरेको हो । लघुवित्तले उनलाई आगामी ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*