बैंकहरुमा एकैदिन थपियो एक अर्ब निक्षेप

२३ श्रावण २०७९, सोमबार १२:२६

काठमाडौं । बैंकहरुमा एकैदिन १ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप ५० खर्ब ४५ अर्ब पुगेको छ ।

अघिल्लो दिनसम्म बैंकहरुको कुल निक्षेप ५० खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा एकैदिनमा एक अर्ब निक्षेप थपिन थपिएर ५० खर्ब ४५ अर्ब निक्षेप पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।

त्यस्तै, यता बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने यथावत् नै रहेको छ । अघिल्लो दिन ८७.६५ प्रतिशतमा रहेको सीडी रेसियो आज पनि सोही प्रतिशतमा नै कायम रहेको छ । बैंकहरुको कुल ऋण प्रवाह तटस्थ रहेकाले निक्षेप बढेपनि सीडी रेसियोमा कुनै अन्तर नदेखिएको हो ।

यस अवधिसम्म बैंकहरुले कुल ४६ खर्ब ८८ अर्ब ऋण प्रवाह गरेका छन् जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ४१ खर्ब ६० अर्ब रहेको छ । चालु आर्थिक सुरु भएको दोस्रो सातासम्म बैंकिङ्ग प्रणालीबाट कुल १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा निक्षेपकर्ताले जम्मा गरेको रकम चालु आर्थिक वर्षमा झिक्दा वा ट्रान्जिट गर्दा सो अवधिमा निक्षेप घट्न पुगेको एक बैंकका सिइओले बताएका थिए । सोही अनुसार यस अवधिसम्म बैंकिङ्ग प्रणालीमा निक्षेपकर्ताले आफुसँग भएको रकम फेरी डिपोजिट गरेको देखिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*