यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२३ श्रावण २०७९, सोमबार १५:०७

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ ।

आज नेप्से घटेसँगै कारोबार पनि घटेर २ अर्ब ८५ करोडमा खुम्चिन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २० करोड ७१ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको १० करोड ८५ लाख, नागरिक लगानी कोषको ८ करोड २१ लाख, नेशनल हाइड्रोपावरको ७ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ७ करोड १८ रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*