माउन्टेन इनर्जीको खुद नाफामा उछाल, इपीएस कति ?

२४ श्रावण २०७९, मंगलवार १२:११

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड ११ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ४४५.९४ प्रतिशतको उछाल आएको हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ११ करोड १९ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी मात्रै एक अर्ब नाघेको छ । यसकारण कम्पनीको नाफामा सुधार देखिएको हो । समिक्षा अवधिसम्म कम्पनीको बिद्युत बिक्री आम्दानी १ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जुन यो अघिल्लो आवको तुलनामा ६३३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी १६ करोड ८२ लाख १६ हजार रुपैयाँ मात्रै रहेको थियो ।

त्यस्तै, यस अवधिसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङमा १ अर्ब १ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३१.०५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*