प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच छुट सम्झौता

काठमाण्डौं। प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा आकर्षण छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष डा। गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले लोकहित डेन्टल हस्पिटलद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम ५ सय रुपैयाँ भन्दा कम भएमा छुट प्रदान हुने छैन।
उक्त सम्झौताअन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्नेछन्।