एनएमबि क्यापिटलको ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’को इकाई बिक्री खुल्ला

२६ श्रावण २०७९, बिहीबार १०:३४

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते) देखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ नामक म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलको यो अर्को फण्ड हो । यसभन्दा अघि पनि एनएमबि क्यापिटललले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ निष्काशन गरिसकेको छ ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*