२०३७ को विन्दुमा नेप्से, १२ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ ।
चालु आर्थिक सुरुभएसँगै बैंकहरुमा पुनः अर्बौ अर्बको निक्षेप बाहिरिन थालेको छ । बैंकहरुको सीडी रेसियो बढेर कर्जा परिचालन गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसैको प्रभाव पछिल्लो शेयरबजारमा देखिन थालेको छ ।
लगानीकर्ताहरुमा उब्जिन थालेको उत्साह फेरी सेलाउन थालेको छ । सोही कारण आज शेयरबजारमा जम्मा १ अर्ब ७६ करोडमाथिको मात्रै कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोडमाथिको कारोबार भएको छ । नेप्से घटेसँगै आज कारोबार समेत एक अर्बमा सीमीत हुन पुगेको छ ।
त्यस्तै, नेप्सेमा रहेका म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । प्रतिशतका आधारमा आज सर्वाधिक फाइनान्स समूहको घटेको छ भने रुपैयाँका आधारमा उत्पादन तथा प्रशोधन समूहको घटेको छ ।