एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज सिईओ केसी

२६ श्रावण २०७९, बिहीबार १६:४६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट श्री आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कजा लगानी भित्र्याएको छ ।एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कपोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक श्री हेक्टर गोमेज बीच उक्त समझदारी आदान प्रदान भएको थियो । यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कजा लगानी बढाउन मदत पुग्नेछ ।

एनएमबि बैंक चार वर्षको अवधिमाबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ ।यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोमिड(१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नया उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैकले लिएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्करु पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७ २०१८ २०२० २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपालू प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*