मर्जरसम्बन्धी प्रारम्भिक मस्यौदा तयार, १५ दिनभन्दा बढि कारोबार रोक्का गर्न नपाउने (पूर्णपाठ सहित)

२६ श्रावण २०७९, बिहीबार १९:१७

काठमाडौं । संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ एवं प्रारम्भिक मस्यौदा जारी गरेको छ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ११८ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ४३कको प्रयोजनका लागि यो निर्देशिका तयार पारेको हो ।

बोर्डले लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोवार र विनिमयलाई व्यवस्थित गर्न सूचीकृत संगठित संस्था गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी कार्यलाई नियमित तथा व्यवस्थित गर्नुपर्ने भएकाेले निर्देशिका तयार पारेको जनाएको छ ।

उक्त निर्देशिका अनुसार एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको शेयर मिलान,धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोवार रोक्का राख्नुपर्नेछ ।

तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नु  नपर्ने मस्यौदामा उल्लेख छ । संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदा बाेर्ड सञ्चालक समितिबाट पारित भएपछि लागू हुनेछ ।

निर्देशिकाको प्रारम्भिक मस्यौदाको पूर्ण पाठ,

CGmCVCHiuMIf6J8vaLcFnzZX0bAWtCCSXxixoBRW

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*