सिन्धु विकास बैंकले ल्यायो ‘सिन्धु महा मुद्दती धमाका’ योजना, १० गुणासम्म प्रतिफल

२७ श्रावण २०७९, शुक्रबार ०८:०३

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले ‘सिन्धु महा मुद्दती धमाका’ योजना संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मुद्दती योजना संचालनमा ल्याएको हो ।

‘सबै भन्दा अब्बल पैसा हुन्छ डब्बल’ भन्ने नाराका साथ ल्याएको यस मुद्दती योजनाअन्तर्गत दश गुणासम्म प्रतिफल पाइनेछ । निक्षेपकर्ताले ५ वर्ष १० महिनामा दोब्बर, ९ वर्ष ३ महिनामा तेब्बर, १३ वर्ष ७ महिनामा ५ गुणा र १९ वर्ष ५ महिनामा १० गुणासम्म प्रतिफल पाउनेछ ।

जस्तै, निक्षेपकर्ताले  १० लाख रुपैयाँ राखेमा  १९ वर्ष ६ महिनामा  १० लाख रुपैयाँको एक करोड रुपैयाँ पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*