मानुषी लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

२७ श्रावण २०७९, शुक्रबार ०९:५१

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ ।

लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार लघुवित्तले सो अवधिसम्म २ करोड ४० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १०१.९१ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै नाफामा सुधार देखिएको हो । अघिल्लो आवमाा ७ करोड ५८ लाख रुपैयाँमा सीमित भएको लघुवित्तको यस्तो आम्दानी यस अवधिसम्म २४.०४ प्रतिशतले बढेर ९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्म लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी (इपीएस) २१ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४३ पैसा रहेको छ ।

साथै समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापुँजी ५६.२५ प्रतिशतले बृद्धि भई १० करोड ९३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ९० प्रतिशतले बृद्धि भई कोषमा ६ करोड ४९ लाख रुपैयाँ संचित रहेको छ ।

चौथो त्रैमासमा लघुवित्तको सापटी ६०करोड २९ लाख, निक्षेप संकलन ७७ करोड ६७ लाख रुपैयाँ र कर्जा लगानी १ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*