विद्युत बिक्री आम्दानी बढेपनि छ्याङदी हाइड्रोपावर नोक्सानमा, इपीएस समेत ऋणात्मक

२७ श्रावण २०७९, शुक्रबार १०:५२

काठमाडौैं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा २ करोड ४५ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ७ करोड ८१ लाख रुपैयाँ पुगेको छ यस्तो आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ६२.४४ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ८० लाख ७९ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भकोे आकार २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.७७ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३२ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*