घलेम्दी हाइड्रोपावर ३६ करोड नोक्सानमा, इपीएस कति ?

२७ श्रावण २०७९, शुक्रबार ११:०६

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार कम्पनी सो अवधिसम्म ३६ करोड २ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड ४६ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनी सो अवधिसम्म ३६ करोड नोक्सानमा रहेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) समेत ६ रुपैयाँ ५५ पैसा नोक्सानमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ५२ रुपैयाँ रहेको छ ।

साथै यस अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी समेत घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म २ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस अवधिसम्म घटेर २ करोड ६२ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*