मितेरी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ८९ हजार कित्ता शेयर बिक्रीमा

२७ श्रावण २०७९, शुक्रबार १२:०६

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

बैंकका संस्थापक शेयरधनीहरु विकास खनालले आफ्नो नाममा रहेको २९ हजार १५८ कित्ता र अशोक कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता गरी कुल ८९ हजार १५८ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादीमा दरखास्त दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*