मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ गज्जब मुद्दती’योजना, निक्षेपको दोब्बर तेब्बर रकम पाइने

२७ श्रावण २०७९, शुक्रबार १५:१०

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले उच्च प्रतिफल भएको मुद्दती योजना ल्याउने क्रममा विकास बैंकहरुले पनि मुद्दती योजना ल्याउन थालेका छन् ।

सिन्धु विकास बैंकले ‘सिन्धु महा धमाका योजना’ ल्याएसँगै मुक्तिनाथ विकास बैंकले पनि ‘मुिक्तनाथ गज्जब मुद्दती’योजना संचालमा ल्याएको छ । बैंकले निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्न न्यूनतम अवधिमा तेब्बर प्रतिफल दिन यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत व्यक्तिगत मुद्धती खातामा ९ वर्ष ४ महिना १८ दिनमा तेब्बर प्रतिफल र व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुने बैंकले जनाएको छ । त्यस्तै व्यक्तिगत मुद्धती खातामा भने ५ वर्ष १० महिना १८ दिनमा दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर प्रतिफल हुने बैंकले जनाएको छ ।

प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*