मिर्मिरे लघुवितद्धार्रा फिल्ड कर्मचारीहरुलाई तालिम

२७ श्रावण २०७९, शुक्रबार १८:२३

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालन तालिम दिएको छ।

रौतहटस्थित होटल तराई इनमा सम्पन्न उक्त चरणबद्ध आवासीय तालिम कार्यक्रम संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। मधेश प्रदेशका प्रादेशिक प्रमुख रामकिशोर चौधरीबाट सञ्चालन गरेको तालिम कार्यक्रममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले मुख्य रुपमा सहजीकरण गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*