सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा

२७ श्रावण २०७९, शुक्रबार १८:३०

काठमाडौं । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ। प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ। बैंकको एचआर विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड बैठकले गरेको हो।

बढुवामा परेका कर्मचारीहरु उच्च व्यवस्थापन र कार्यकारी तहका छन्। यसअघि सहायक महाप्रवन्धक रहेका दिनेश थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको छ। चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मि पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ।

एचआर विभागका अनुसार करिब एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*