हिमालयन डिस्टिरीको खुद नाफा एक अर्ब ५ करोड माथि, इपीएस कति ?

२९ श्रावण २०७९, आईतवार ११:१८

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सामान्य सुुधार भएको देखिएको छ । यस आवमा कम्पनीको नाफा अघिल्लो आवको तुनलामा १.३३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत बढेर ७ अर्ब ५८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा भने ०.५० प्रतिशत घटेर १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको बिक्री तथा वितरण खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो । जसले गर्दा नाफामा पनि दबाब परेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १६.५० प्रतिशत बढेर कोषमा १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ५० रुपैयाँ ५२ पैसा घटेर ६९ रुपैयाँ ५० पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९ रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*