एचडिएलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२९ श्रावण २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७.९२ अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज सो अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । अघिल्लो सातामा शेयरबजारमा रौनकता छाएसँगै शेयबजारमा ५ अर्बसम्मको कारोबार भएको थियो । बैंकिङ्ग प्रणालीमा फेरी सीडी रेसियो बढ्न थालेसँगै कारोबारमा प्रभाव देखिन थालेको हो ।

आज १ अर्ब ८७ माथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १६ करोड ५३ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड २० लाख, स्वाबलम्ब लघुवित्तको ६ करोड ६१ लाख र नबिल बैंकको ४ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*