नविल बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह

२९ श्रावण २०७९, आईतवार १४:२५

काठमाडौं । नविल बैंकले (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर पुरानो लाभांश लिन भनेको छ ।

शेयरधनीहरूले शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश लिन सक्नेछन् । साथै तोकिएको समयभित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जानकारी गराएको छ ।

नगद लाभांश लिन जाँदा शेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लैजानुपर्ने बैंकले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*