आज यी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२९ श्रावण २०७९, आईतवार १५:१३

काठमाडौं । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । आज शेयरबजारमा एक अर्ब ८७ माथिको मात्रै कारोबार हुन पुगेको छ । शेयरबजार घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढेको छ ।

आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ । गत सातामात्रै नेप्सेमा सूचीकृत भई कारोबारमा आएको कम्पनीको शेयरमूल्य आज ८.१० प्रतिशतले बढेको छ ।

त्यस्तै, कालिका पावरको २.८८ प्रतिशत, सामलिङ पावरको २.४४ प्रतिशत, सिटिजन म्युचुअल फण्डको २.३६ प्रतिशत, जाल्पा सामुदायिक लुघवित्तको १.०१ प्रतिशत र एनसीसी बैंकको डिबेञ्चरको २ प्रतिशतले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*