शेयरबजारमा २७ अंकको गिरावट, उत्पादन तथा प्रशोधन समूह सर्वाधिक घट्दा कारोबार पौने २ अर्बमा सीमित

२९ श्रावण २०७९, आईतवार १५:२२

काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज सबै सूचक राताम्य छन् । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको आज ३.५८ प्रतिशत अर्थात, १९० रुपैयाा ७३ पैसाले घट्न पुगेको छ ।

नेप्से सूचक १.३७ प्रतिशतले घट्दा आज कारोबार रकम समेत एक अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता खरिदबिक्री हुँदा सो रकम बराबरको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*