सान्जेन जलविद्युतले निष्काशन गरेको आइपीओप्रति असन्तुष्ट जनाँउदै आयोजनाको कार्यालयमा तोडफोड

२९ श्रावण २०७९, आईतवार १७:२१

काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) प्रति असन्तृष्ट जनाउदै आयोजना प्रभावित रसुवाका स्थानीयले आयोजनाको कार्यालयमा गरेको तोडफोड गरेका छन्। स्थानीयले कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका हुन । स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेको कम्पनीले जनाएको छ ।

ठूलो समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सेयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपातका साथै कार्यालयमा तोडफोड गरेका हुन ।
गत्लाङका स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरुलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गरिरहेका थिए । तर, अहिले पुरानो सहमतिअनुसार प्रक्रिया पुरा गरेर सेयर निष्कासन गरेपछि गत्लाङ क्षेत्रका स्थानीयले असन्तुष्टि पोखिरहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*