नबिल बैंककोे डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम ललितपुरमा सम्पन्न

२९ श्रावण २०७९, आईतवार १७:१६

काठमाडौं । नबिल बैंकले बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

बैंकले सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ्ग हाल १०० शाखामा विस्तार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*