मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने

२९ श्रावण २०७९, आईतवार १७:३२

काठमाण्डौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने भएका छन् ।

उक्त सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँमा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*