धौलागिरी लघुवित्तको अन्तिम दिनमा आइपीओमा ७०.२२ गुणा बढी आवेदन

२९ श्रावण २०७९, आईतवार १७:५७

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ७०.२२ गुणा बढी आवेदन हो ।

धौलागिरीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

उक्त आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*