मध्य भोटेकोशी जलविद्युतको नोक्सानी घट्यो, इपीएसमा सुधार

३० श्रावण २०७९, सोमबार १४:५५

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ५४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी घट्न पुगेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा कम्पनीले ३ करोड ४७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको वित्तीय आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले सो अवधिसम्ममा ५ करोड ७५ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको छ भने कुल आम्दानी ५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष सो अवधिसम्ममा ३० करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नोक्सानी घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा केही सुधार भएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.७७ पैसा ऋणात्मकबाट बढेर ०.२६ पैसा ऋणात्मक भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ९५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*