क्रिप्टोकरेन्सी कारोबारबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

३० श्रावण २०७९, सोमबार १६:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता कारोबारप्रति ध्यानाकर्षण जनाएको छ । बैंकले आज एक विज्ञप्ति जारी गर्दै सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै ध्यानाकर्षण जनाएको हो ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यलय तथा एजेन्सिहरुले कुनै पनि भर्चुअल करेन्सी।क्रिप्टोकरेन्सी जस्ता कारोबार गरेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

साथै राष्ट्र बैंकका अनुसार पिरामिडमा आधारित नेटवर्ककिङ मार्केटिङ तथा हाइपर फण्ड को कारोबार गर्ने गराइने गरेको पाइएमा, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।

यसअघि राष्ट्र बैंकले सो सम्बन्धि २०७४ साउन २४ गते र २०७८ साल माघ ९ गते विज्ञप्ति जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*