रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार ०९:२८

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । उक्त आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*