एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को इकाईमा आवेदन दिने समय थप

३१ श्रावण २०७९, मंगलवार ०९:५२

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड –२ ले निष्कासन गरेको इकाईमा आवेदन दिने समय भदौ ९ गतेसम्म थप भएको छ ।फण्डले कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल विक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरेको छ भने बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

आवेदकले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकान एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*