सानिमा बैंकको शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

३१ श्रावण २०७९, मंगलवार १०:००

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश लिन अनुरोध गरेको छ ।

बैंकले असार मसान्तसम्म ५ वर्ष अवधि नाघेका तर सम्बन्धित शेयरधनीले नलिएको २ लाख ७१ हजार ४ सय रुपैयाँ नगद लाभांश लिन आफ्ना शेयरधनीलाई अनुरोध गरेको हो । उक्त लाभांश बैंकको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड, सममार्ग, नक्साल, काठमाडौंमा सम्पर्क गरी लिन सकिने छ ।

साथै, बैंकमा विगत १० वर्ष वा सो भन्दा बढी समयदेखि चल्तिमा नरहेका तथा दाबी नभएका निक्षेप खाताहरुमा विभिन्न ग्राहकहरुको मौज्दात रहेको हुँदा उक्त रकम समेत आवश्यक प्रमाण सहित बैंकको सम्बन्धित शाखामा सम्पर्क गरी लिन अनुरोध गरेको छ ।

उक्त भुक्तानी गर्न बाँकी लाभांश तथा निक्षेप रकम लिन नगएमा प्रचलिन कानून बमोजिम प्रक्रिया अघि बढ्ने जानकारी समेत बैंकले गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*