आम्दानी बढेपनि जनउत्थान सामुदायिक लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २५% ले बृद्धि

३१ श्रावण २०७९, मंगलवार १०:३५

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ ।

लघुवित्तले गत आवको असार मसान्तसम्म ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६.८१ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घट्न पुगेको छ । यसकारण कम्पनीको नाफा घट्न पुगेको हो । यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ९.११ प्रतिशतले बढेर १७ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५.२४ प्रतिशत घटेर ५ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाा ३० पैसा रहेको छ । त्यस्तै, समिक्षा अवधिसम्म कम्पनीको चुक्तापुुँजी २५ प्रतिशतले बढेर १४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै रिजर्भको आकार समेत बृद्धि भएर ११ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ ।

साथै संस्थाको सापटी १ अर्ब २६ करोड, डिपोजिट ८१ करोड २२ लाख रुपैयाँ र कर्जा परिचालन २ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*