विन नेपाल लघुवित्तको नाफा ३८ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

३१ श्रावण २०७९, मंगलवार ११:१५

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तले नाफामा उल्लेख्य सुधार गरेको छ । यस आवमा कमाएको नाफा अघिल्लो आवको तुलनामा ३८.२२ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म संस्थाले ७८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी घट्न पुगेको छ भने संचालन मुनाफा ऋणात्मक रहेको छ । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ७.६२ प्रतिशतले घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको संचालन मुनाफा यस अवधिसम्म घटेर ३ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । यसकारण पनि लघुवित्तले नाफामा सुधार गरेको हो ।

समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ६ करोड १५ लाख रुपैयाँबाट बृद्धि भई ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार भने घटेर ५५ लाख ४० लाख रुपैयाँ मात्रै कोषमा संचित रहेको छ ।

यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ९९ पैसा रहेको छ । साथै लघुवित्तको सापटी ६४ करोड ८८ लाख रुपैयाँ, निक्षेप संकलन १७ करोड १८ लाख रुपैयाँ र कर्जा परिचालन ८६ करोड २७ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*