रिडी पावरको एकैदिन ४० करोडमाथिको कारोबार, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी

३१ श्रावण २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक बढ्न पुगेको शेयरबजार आज घट्न पुगेको हो ।

नेप्से परिसूचक घटेसँगै आज शेयरबजारमा २ अर्ब ७३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सर्वाधिक रिडी पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४० करोड ८२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख र एनटिसिको ५ करोड ६१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*