अपर हेवाखोलाको शेयरमा सर्किट, आज कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

३१ श्रावण २०७९, मंगलवार १५:१३

काठमाडौं । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयरबजार आज फेरी दोहोरो अंकले घट्न पुगेको छ ।

अघिल्लो दिन शेयरबजार बढ्दा नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज नेप्से परिसूचक २४ अंकले घट्दा अपर हेवाखोलाको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ ।

साथै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ४.०२ प्रतिशत, कुमारी इक्विटी फण्डको २.८१ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको २.१० प्रतिशत र एनआइबिएल प्रगति फण्डको १.९१ प्रतिशतले बढ्न पुगेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*