दोहोरो अंकले घट्यो शेयरबजार, हाइड्रोपावर समूह सर्वाधिक घट्दा २ अर्बमाथिको कारोबार

३१ श्रावण २०७९, मंगलवार १५:२०

काठमाडौं । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयरबजार आज फेरी दोहोरो अंकले घट्न पुगेको छ । नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजर नबढाउने विषयले अघिल्लो दिन शेयरबजारमा एकाएक बढ्न पुगेको थियो ।

आज शेयरबजारमा २४ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.२० प्रतिशतले बढेर २०४१ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै सूचक आज राताम्य रहेका छन् । अघिल्लो सबै चम्किएको सबै सूचक आज घट्न पुगेका छ । सबैभन्दा बढी आज हाइड्रोपावर सूचक घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*