लक्ष्मी क्यापिटलको दुई फण्डद्धारा लाभांश वितरणका लागि बुकक्लोजको मिति तय

३१ श्रावण २०७९, मंगलवार १५:३८

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ ।

लक्ष्मी क्यापिलटको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले यहि भदौ ७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौ ६ गतेसम्म नेप्सेमा कायम रहेका इकाइधनीहरुले मात्र फण्डको प्रस्तावित लाभांश पाउनेछन् ।

यी दुबै फण्डले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई ५।५ प्रतिशत दरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*