अभियान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

३१ श्रावण २०७९, मंगलवार १६:०७

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा नै नेप्सेले ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका थिए भने २ हजार ३७६ आवेदन रद्द भएको थियो । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँड गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*