नेप्सेमा तीन हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कसको कति ?

३१ श्रावण २०७९, मंगलवार १७:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीनवटा हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रि कम्पनी र स्वत गंगा हाइड्रोपावको आइपीओ आज सूचीकृत भएको हो ।

नेप्सेले मन्दाकिनी हाइड्रोपावरको ‘एमएचएल’, स्वेत गंगा हाइड्रोपावरको ‘एसजीएचसी’ र अपर सोलुको ‘युएसएचईसी’ सिम्बोलबाट आइपीओ सूचीकृत गराएको हो ।

मन्दाकिनी हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ८० हजार ३६९ कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेवटर्थ १०२ रुपैयाँ रहेको छ ।

त्यस्तै, स्वेत गंगा हाइड्रोपावरको अंकित मूल्य १०० रुपैयाँ दरका कुल एक करोड ५९ लाख ३० हजार कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ८९.८८ रुपैयाँदेखि २६९ रुपैयाँ ६४ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८९.८८ पैसा रहेको छ । सोही मूल्यको आधारमा उक्त ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।

साथै अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल एक करोड ३५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १०८.२१ रुपैयाँदेखि ३२४ रुपैयाँ ६३ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ २१ पैसा रहेको छ । सोही नेटवर्थको आधारमा उक्त रेञ्ज पाउने देखिएको हो ।

यी तीनवटा कम्पनीको आइपीअ‍ो भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा काराबोरमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*