सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

३१ श्रावण २०७९, मंगलवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको डिबेञ्चर सूचीकृत भएको छ । बैंकको ऋणपत्र ‘एसबिएलडी ८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । सिद्धार्थ बैंकले १०.७५ प्रतिशत ब्याजदरको ‘एसबिएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र आज नेप्सेमा सूचीकृत गराएको हो ।

सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*