नेपाल सरकारद्धारा १ खर्ब ८३ अर्ब खुद आन्तरिक ऋण परिचालन

३१ श्रावण २०७९, मंगलवार १८:३८

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ मा सरकारले रु.२३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रु.४७ अर्ब ३३ करोड साँवा भुक्तानी गरेकोछ । यस अवधिमा नेपाल सरकारले रु.१८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ ।

यो रकम कुल गार्हस्थ्य उत्पादनको ३.८ प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले रु.१२२ अर्ब २ करोड वाह्य ऋण परिचालन गरेको छ ।२०७९ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु.१०२७ अर्ब ३० करोड र आन्तरिक ऋण रु.९८४ अर्ब २८ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु.२०११ अर्ब ५८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४१.५ प्रतिशत पुगेको छ ।अघिल्लो वर्ष यस्तो अनुपात ४०.६ प्रतिशत रहेको थिया

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*