बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढ्यो

३१ श्रावण २०७९, मंगलवार १९:००

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । छ। २०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*