निक्षेप संकलन बोलकबोलमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन

३१ श्रावण २०७९, मंगलवार १९:१०

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्ममा रिभर्स रिपोमार्पmत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा रिपोमार्फत रु.४७६ अर्ब ३९ करोड, सोझै खरिदमार्फत रु.५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत रु.९१७० अर्ब ११ करोडगरी कुल रु.९७०२ अर्ब ४१ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्ष कुल रु.४३८ अर्ब २८ करोड तरलता प्रवाह भएको थियो ।

समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ९१ करोड खूद खरिद गरी रु.३५५ अर्ब ५७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ६० करोड खरिद गरी रु.४२५ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ९२ करोड बिक्री गरी रु.५९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिदभएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ५४ करोड लगायत अन्य विदेशी मुद्रा विक्री गरी रु.५३५ अर्ब २३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*