पाँच कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
१ भाद्र २०७९, बुधबार १५:११

काठमाडौं । शेयरबजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज शुन्य दशमलव ३६ अंकले घट्न पुगेको छ ।
शेयरबजार घटेपनि केही हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज पाँच कम्पनीको शेयरमा सर्किट लागेको छ ।
सर्किट लाग्ने कम्पनीहरुमा श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला, अपर सोलु र सर्पोट माइक्रोफाइनान्स रहेका छन् ।