सानिमा बैंकद्धारा सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

काठमाण्डौं । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ।
बैंकका ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी१ लाख रुपैयाँ सम्मको औषधिउपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ खाता ल्याएको हो। वार्षिक ८।०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाख रुपैयाँको दुर्घटना बीमा जस्ता थप सुविधाको व्यवस्था गरेको छ।
यस सेवामा बैंकले भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड ९फर्स्ट टपअप०, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा आदिमा विशेष छुट प्रदान गरेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।