अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित भोलि साधारण सभा

२ भाद्र २०७९, बिहीबार ११:००

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार भदौ ३ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।१ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित भदौ ३ गते वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन १८ गते बुक क्लोज गरिएको छ । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना बमहिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै, साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*